दफा १४
महाप्रबन्धक, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति
: (१) समितिको कार्यहरूको कुशल सञ्चालनको निमित्त नेपाल सरकारले एकजना महाप्रबन्धक र आवश्यक भए जति सल्लाहकार तथा समितिले अरु कर्मचारीको नियुक्ति गर्न सक्नेछ । निजहरूको नियुक्ति
सेवाको शर्त, कार्यविधि र पारिश्रमिक तोकिए बमोजिम हुनेछ ।
(२) प्रत्येक महीनामा पाउने पारिश्रमिकको तोकिए बमोजिमको अङ्कबाट अनिवार्य रूपले संस्थाको शेयर खरीद गर्नु पर्ने गरी नियुक्ति र सेवाका शर्त राख्न सकिनेछ ।तर अस्थायी नियुक्ति भएको र करार सेवामा नियुक्ति गरिएका कर्मचारीलाई शेयर बिक्री गरिने छैन ।